Main News

नेपालमा ५७ जना कोरोना संक्रमित थपिए, १०३ जना कोरोनामुक्त

हिमालय टिभी
२०७७ साउन ३ गते १६:३८
नेपालमा ५७ जना कोरोना संक्रमित थपिए, १०३ जना कोरोनामुक्त

३ साउन, २०७७, काठमाडौं । नेपालमा पछिल्लो पटक जम्मा ५७ जना मात्रै कोरोना संक्रमित भेटिएका छन् । यो एकैदिन भेटिएको डेढ महिना यताकै कम संख्या हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा नयाँ संक्रमित भेटिएका छैनन् ।

गत २४ घण्टामा जम्मा ३ हजार ३ सय ३१ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । पीसीआर परीक्षण कम भएर संक्रमित घटेको विज्ञको तर्क छ । तर सरकारले भने संक्रमण नै नभएकाले परीक्षण घटाएको बताएको छ ।

आज १९ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । सबैभन्दा बढी कैलालीमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै मोरङमा ९, डोटीमा ७, दैलेखमा ५, रुकुम–पश्चिममा ३, सर्लाही, तेह्रथुम, गुल्मी, पाल्पा, डढेलधुरा र बझाङमा २२ तथा इलाम, झापा, बारा, नुवाकोट, बागलुङ, पर्वत, सल्यान र कञ्चनपुरमा १–१ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक संक्रमणमुक्त भएर विभिन्न आइसोलेसनबाट १ सय ३ जना डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

५ हजार ८ सय २५ जना सक्रिय संक्रमित छन् । भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एकजना पनि सक्रिय संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *