Political Hightlights
नेकपाभित्रको किचलोप्रति डा. भट्टराईको कडा टिप्पणी
२०७७ साउन २ गते १७:३२

२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको किचलोका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा टिप्पणी गर्नुभएको छ ।
काठमाण्डौमा भएको कार्यक्रममा भट्टराईले सत्तारुढ नेकपाले देश र जनतामाथि खेलवाड गरेको बताउनुभयो । मुलुक उहाँकै शब्दमा अधम व्यक्तिले चलाइरहेकाले समस्या परेको भट्टराईको टिप्पणी गर्नुभयो ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेतासमेत रहेका भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताउनुभयो ।
कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उहाँको आरोप छ ।
प्रतिक्रिया