Main News
स्याङ्जा पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, एक जना बेपत्ता
२०७७ असार ३० गते १९:१०

३० असार, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। एक जना अझै बेपत्ता भएका छन् ।
पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका( ४ खहरेका ७० वर्षीय इमानसिंह राना, जीमानसिंह थापा र टिकाबहादुर थापाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
पहिरोमा हराइरहेका प्रेमचन्द्र पाण्डेको खोजी भइरहेको छ । धारोमा पानी नआएपछि पाइप बनाउन हिँडेका छ जनालाई पहिरोले पुरेको थियो ।
पहिरोमा पुरिएका हुमनाथ पाण्डे र वीरबहादुर रानालाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।
प्रतिक्रिया