Main News
नेपालमा ११६ जना कोरोना संक्रमित थपिए, निको हुनेको संख्या १० हजार ३ सय २८ पुग्यो
२०७७ असार ३० गते १६:३२
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । आज थप १ सय १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।
पछिल्लो पटक देशका विभिन्न प्रयोगशालामा चार हजार ३ सय ६१ जनाको परीक्षणका क्रममा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर घर फर्केका छन्। यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ। नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण निको हुने दर ६०=५३ प्रतिशत रहेको छ । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।
प्रतिक्रिया