Political Hightlights

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७७ असार ३० गते १५:०५
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

३० असार, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक हप्तादेखिको संवादहीनता तोडिएको छ ।

दुइ अध्यक्षबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा संवादबाटै निकास दिने समझदारी बनेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीच असार २४ गते साँझ भएको भेटवार्ता तनावपूर्ण भएपछि त्यसयता छलफल भएको थिएन ।

सचिवालयदेखि स्थायी कमिटी बैठकसम्म प्रधानमन्त्री र पार्टी अध्यक्षको पद त्याग्न ओलीमाथि दबाब बढेपछि साउन २ गतेसम्म स्थायी कमिटी बैठक नै स्थगित गरिएको छ । ओलीले दुबै पद नछाड्ने अडान लिनुभएको छ ।

यो बीचमा प्रचण्ड गृहजिल्ला चितवन पुगेर आउनुभएको छ । उहाँका अनुसार नेकपा विभाजनको खतरा भने टरेको छ । तर दुई अध्यक्षबीच के सहमति भएको छ भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्