Main News

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन जना बेपत्ता

हिमालय टिभी
२०७७ असार ३० गते १३:४४
स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन जना बेपत्ता

३० असार, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन । दुई जना घाइते छन ।

पहिरोले पुरिएर कालिगण्डकी गाउँपालिका– ४ खहरेका ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।

धारामा पानी नआएपछि पानी बनाउन हिँडेका छ जनालाई माथिबाट आएको पहिरोले पुरेको थियो । पहिरोमा पुरिएका हुमनाथ पाण्डे र वीरबहादुर रानालाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।

पहिरोमा हराइरहेका प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टीकाबहादुर थापाको स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *