Main News

पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिए, १ सय ४७ जना डिस्चार्ज

हिमालय टिभी
२०७७ असार २८ गते १६:३३
पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिए, १ सय ४७ जना डिस्चार्ज

२८ असार, २०७७ काठमाडौं । नेपालमा आइतबार ८२ जना नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ८ हजार १ सय ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनम उपचाररत रहेका छन् ।

आइतबार १ सय ४७ गरी आजसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन् । आइतबार पीसीआर विधिबाट आज ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् ।

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताउनुभयो ।

अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो । उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् ।

बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *