Main News

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ असार २७ गते १९:२४
जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

२७ असार, २०७७ जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएका मध्ये ९ जनाको मृत्यु भएको छ । तीन जना अझै हराइरहेका छन् ।

पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव आज भेटिएको हो । हिजो ७ जनाको मृत्यु भएको थियो । पहिरोले दुई घर बगाउदा पाहुन आएका ४ जनासहित १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परी बेपत्ता भएका ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सुभास सार्कीको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरको छ । उनीहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *