Main News

विपद् व्यवस्थापनका बारेमा छलफल गर्दै प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ असार २७ गते १२:२२
विपद् व्यवस्थापनका बारेमा छलफल गर्दै प्रधानमन्त्री ओली

२७ असार, २०७७ काठमाडौं । बाढी पहिरो र डुवानका घटना न्युनिकरण र विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थाल्नुभएको छ ।

देशका विभिन्न भूभागमा बाढीपहिरोले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन परिषद्को बैठकमा छलफल थाल्नुभएको हो ।

प्रधानमन्त्री निवास वालुटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपद् व्यवस्थापन परिषद्का सदस्यहरुसँग छलफल भएको हो । छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागि छन् ।

केही दिनदेखि लगातारको वर्षाले सिन्धुपाल्चोक, कास्की, म्याग्दी, रुकुम पश्चिम लगायत जिल्लामा ठूलो नोक्सानी पुर्‍याएको छ ।

विपदमा परेका नागरिकलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउनका लागि जिल्ला र स्थानिय तहसम्म संयन्त्र चुस्त राख्न नेताहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *