नेपालसम्बन्धी विवादित सामग्री प्रसारण गर्ने भारतीय टेलिभिजन माफी माग्न बाध्य

२७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बारे विवादित सामग्री प्रसारण गर्ने भारतीय टेलिभिजन जी न्यूजले माफी मागेको छ।
चिनियाँ राजदूत यान्छीसँग जोडेर ओलीकी इश्किया कार्यक्रमको प्रसारण गरेपछि विवादमा परेको जी न्यूजले माफी मागेको हो।
जी न्यूजले प्रसारण गरेको उक्त सामग्रीको नेपालसहित भारतमा पनि विरोध भएको थियो । दुई देशबीचको सम्बन्ध नै बिगार्ने गरी घृणा फैलाउने कार्यक्रम देखाएपछि चर्को विरोध भएको थियो।
त्यसकै विरोधमा नेपालका मल्टी सिस्टम अपरेटर ९एमएसओ० हरुले भारतीय समाचार च्यानलको प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय लिएका थिए।
यता प्रेस काउन्सिल नेपालले शुक्रबार भारतीय प्रेस काउन्सिललाई एक पत्र पठाउँदै उक्त सामग्री प्रसारण गर्ने जी न्यूजमाथि आवश्यक कारवाहीको पहलका लागि आग्रह गरेको थियो।
माफी माग्दै जी न्यूजले भारत र नेपालबीच सदैव मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको, दुई देशको सम्बन्ध सांस्कृतिक, राजनीतिक र ऐतिहासिक रुपमा पनि बलियो रहेको भन्दै हामी नेपाली जनताको भावनाको आदर र सम्मान गर्छौं भनेको छ ।
प्रतिक्रिया