Main News

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७७ असार २६ गते ७:४२
लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, ६ जना घाइते

२६ असार, २०७७, लमजुङ । लमजुङमा पहिरोले घर पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन् ।

बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको बेसीसहरका नगरप्रमुख गुमान सि‌ंह अर्यालले जानकारी दिनुभयो ।

एउटै घरमा सुतेका अरु ६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *