Main News

बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएपछि उद्योगी व्यवसायी सडकमा

हिमालय टिभी
२०७७ असार १९ गते १६:१४
बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएपछि उद्योगी व्यवसायी सडकमा

१९ असार, २०७७ काठमाडौं । कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।

विभिन्न २१ वटा संगठन मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समिति’ले बसन्तपुर न्यूरोड क्षेत्रमा सडकमा कार्यक्रम गरेर आफ्ना समस्याबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अदालतले लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरे पनि राष्ट्र बैंकले स्पस्ट नीति नल्याएको गुनासो गर्नुभयो ।

उद्योगी व्यवसायी ‘आफु पनि बाचौं अरुलाई पनि बचाऔं, कोरोनामय अर्थतन्त्र सबैमिलि जोगाऔं’, ‘उद्योगी व्यवसायी घरधनी बैंक सबै मिलौं, जस्ता नारा लेखिएका ब्यानरसहित सडकमा उभिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *