Main News
क्वारन्टिनको मापदण्ड सुधार गरेर पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग
२०७७ असार १६ गते १२:४९

१६ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसले क्वारन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
कांग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर स्वास्थ्य समस्या भएका विरामीले सुविधा पाउन नसकेको, खरिद प्रक्रिया अपारदर्शी भएको र संघीय सरकारले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक प्रकाशशरण महतको नेतृत्वको टोलीसँगको भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरि काम अघि बढाएको बताउनुभयो ।
टोलीले स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया