Political Hightlights

प्रधानमन्त्री ओलीको अभिव्यक्ति सत्ता बचाउने अन्तिम तुरुपः विश्लेषक पोखरेल

हिमालय टिभी
२०७७ असार १४ गते १९:११
प्रधानमन्त्री ओलीको अभिव्यक्ति सत्ता बचाउने अन्तिम तुरुपः विश्लेषक पोखरेल

१४ असार, २०७७ काठमाडौं । नक्सा छापेका कारण भारतले हटाउन खोज्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्तिलाई राजनीतिक विश्लेषक कृष्ण पोखरेले सत्ता बचाउने अन्तिम तुरुप भन्नुभएको छ ।

ट्वीटर मार्फत पोखरेलले ओलीको अभिव्यक्तिमा प्रतिक्रिया दिनुभएको । सचिवालय बैठकको निर्देशनपछि मात्रै नयाँ नक्सा छाप्न राजि भएका ओलीले अहिले बहादुरीको कोकोहोलो मच्चाएको पोखरेलको टिप्पणी छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सत्तारुढ नेकपाले बाहेक ओलीलाई कसैले हटाउन नसक्ने प्रतिक्रिया दिनुभएको छ ।

०६५ सालमा सेनापति प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भारतले हटाउन खोजेको भन्दै कुनै विदेशी प्रभुका अगाडि नझुक्ने भाषण गर्नुभएको थियो । र, अहिले पनि प्रधानमन्त्री ओलीको त्यस्तै भनाई आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्