Main News

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९ पुग्यो, एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १३ गते १६:३३
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९ पुग्यो, एक जनाको मृत्यु

१३, असार, २०७७, काठमाडौं । नेपालमा आज थप ५ सय ५४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमण सबै जिल्लामा पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रसुवामा पहिलाे पटक संक्रमण देखिएकाे छ । यसवाहेकका सबै जिल्लामा यसअघि नै संक्रमण पुगेकाे थियाे । पछिल्लाे पटक थप भएकासँगै नेपालमा संक्रमितकाे संख्या १२ हजार ३ सय ९ पुगेकाे छ । काठमाडाैं र भक्तपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । आज सबैभन्दा बढी बाजुरामा ८६ र डाेटीमा ७३ संक्रमित भेटिएका छन् ।

प्युठानमा ४९, राैतहटमा ३४, दाङमा ३१, महाेत्तरीमा ३०, वैतडी, पाल्पा र स्याङ्जामा २६-२६ संक्रमित फेला परेका छन् । यस्तै अर्घाखाँचीमा १८, कैलालीमा १४, सल्यान र अछाममा १३-१३, बारामा १२, रसुवामा ९, बझाङ, डढेलधुरा, बाग्लुङ, कपिलवस्तु र रुपन्देहीमा ८-८, उदयपुर, सुर्खेत र गुल्मीमा ७-७ संक्रमित थपिएका छन् ।

सर्लाही र नुवाकाेटमा ६-६, इलाम र कञ्चनपुरमा ५-५, काठमाडाै र वर्दियामा ४-४ तथा धनुषा, पर्सा र धादिङमा ३-३, माेरङ, चितवन, बाँके, मकवानपुर र नवलपरासी पूर्वमा २-२ तथा जाजरकाेट पाँचथर भक्तपुर र राेल्पामा १-१ नयाँ संक्रमित भेटिएका छन् ।

नेपालमा पछिल्लाे पटक ४ हजार ६ सय ६ जनाकाे पिसिआर विधिबाट परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । याे विगतका दिन भन्दा कम हाे । थप १ सय ३६ जना संक्रमित आइसाेलेसनबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेकाे संख्या २८ सय ३४ पुगेकाे छ ।

थप एक जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

हिजो दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति भरतपुर अस्पताल सारिएको थियो । उनमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *