Main News

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो

हिमालय टिभी
२०७७ असार १३ गते १२:२५
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या २८ पुग्यो

१३ असार, २०७७ चितवन । चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको बिहान ७ बजे भरतपुर अस्पतालको आइसीयु कक्षमा मृत्यु भएको हो । उनी फोक्सोको क्यान्सरका बिरामी थिए ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आइसीयूमा सारिएको थियो । उनको आज बिहान मृत्यु भएको भरतपुर अस्पताल काभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो । चितवनमा थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *