Main News

कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

हिमालय टिभी
२०७७ असार ११ गते १७:५६
कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

११ असार, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । पोखरा र ललितपुरमा उपचारका क्रममा संक्रमितको मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । यस्तै स्याङ्जाका ५५ वर्षिय संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत स्याङ्जाको सिरुवारीका उनको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि पनि स्याङ्जाकै ५८ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *