Main News

एसईईको नतिजा साउन मसान्त सार्वजनिक गर्ने तयारी

हिमालय टिभी
२०७७ असार ११ गते ७:४१
एसईईको नतिजा साउन मसान्त सार्वजनिक गर्ने तयारी

११ असार, २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् ।

कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भयावह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ ।

विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अङ्क जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ ।

अन्तिम परीक्षालाई सबैभन्दा धेरै अङ्क दिने सरकारले नीति बनाएको छ । यसपटक नतिजा प्रकाशनपछि पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने तथा पूरक ग्रेड वृद्धि परीक्षा भने नहुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *