गण्डकी प्रदेशका थप एक जनाको कोरोनाका कारण मृत्यु, ११ जना नयाँ संक्रमित फेला
![गण्डकी प्रदेशका थप एक जनाको कोरोनाका कारण मृत्यु, ११ जना नयाँ संक्रमित फेला](https://www.himalayatv.com/wp-content/uploads/2020/05/death.jpeg)
११ असार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् ।
८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार राति निधन भएको अस्पतालका निर्देशक प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
यस्तै गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नयाँ संक्रमितमा म्याग्दीका ६, बागलुङ, नवलपुरका २–२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले विज्ञप्ती निकालेर जानकारी गराउनु भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।
प्रतिक्रिया