Main News
विदेशमा रहेका नेपाली ल्याउन आज विभिन्न १३ वटा अन्तर्राष्ट्रिय उडान हुँदै
२०७७ असार ११ गते ७:३०

११ असार, २०७७ काठमाडौं । आज विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि १३ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।
यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सले एक सय ५२ जना यात्रु लिएर फर्कने छ भने कतारको दोहाबाट हिमालय एअरलाइन्सले एक सय ५२ जना नै लिएर आउने तालिका रहेको छ ।
कुवेतबाट नेपाल एअरलाइन्सले एक सय ४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना स्वदेश फर्कनेछन् ।
कतारको दोहाबाट कतार एअरवेजले र यूएईको सारजहाबाट एअर अरेबियाले नेपाली ल्याउनेछन् । श्री एअरलाइन्स यंगुनबाट आउनेछ भने नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा परेका नेपाली लिन त्यसतर्फ जानेछन् ।
प्रतिक्रिया