अख्तियारसम्बन्धी विधेयक तत्काल अघि नबढाउने नेकपाको निर्णय

१० असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ ।
अख्तियारलाई निजी क्षेत्रसमेत हेर्ने गरी कानुन संशोधन गर्न लागेकोमा विरोध भएपछि नेकपाले त्यसलाई तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा पेश भएको विधेयक अगाडि नबढाउने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब दलहरु र निजी क्षेत्रसँग संवाद र परामर्श गरी सहमति जुटेपछि यो विधेयक अघि बढ्नेछ ।
संविधानभन्दा माथि राखेर अख्तियारलाई अधिकार दिन खोजिएको भन्दै नेकपामै यसको विरोध भएको थियो त्यसलाई अहिले रोक्ने र सबै पार्टीसँग छलफल गरी सहमति भएपछि अघि बढाईने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
अख्तियारसम्बन्धि ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको समेत अनुसन्धानको अधिकार प्रस्ताव गरिएको छ । निजी क्षेत्रले विधेयकको चर्को विरोध गर्दै आएको छ ।
प्रतिक्रिया