Main News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार १० गते १२:२३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१० असार, २०७७ सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको आइसोलेसन र क्वारन्टिनमा रहेका व्यक्तिको रेखदेख तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि चारै जनालाई आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक डा मंगल रावलले विज्ञप्ती निकालेर जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *