Main News

विदेशमा समस्यामा परेकाहरुलाई स्वदेश फर्काउने क्रम आज पनि जारी रहने

हिमालय टिभी
२०७७ असार १० गते ७:४३
विदेशमा समस्यामा परेकाहरुलाई स्वदेश फर्काउने क्रम आज पनि जारी रहने

१० असार, २०७७ काठमाडौं । कोरोना भाइरसका कारण विभिन्न देशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने काम आज पनि जारी रहने भएको छ ।

त्रिभुवन अन्तरारष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार आज साउदी अरेवियाको दमामबाट हिमालय एयरलाइन्स मार्फत तथा नेपाल एयरलाइन्सको उडान मार्फत साउदी अरेवियाको जेद्दाबाट नेपाली स्वदेश फर्कदै छन् ।

यसैगरी हिमालय एयरलाइन्सको उडान मार्फत नै युएईको अवुधावीबाट पनि नेपाली आउँदैछन् । हिमालय एयरलाइन्सले नै कुवेतबाट पनि उडान भर्ने तालिका छ । टर्किस एयरलाइन्स मार्फत पनि नेपालीहरु फर्काईंदैछन् ।

नेपाल एयरलाइन्स आज नै कुवेतका लागि उड्ने छ । नेपाल एयरलाइन्सको जहाज जापानको नारिता तथा हिमालय एयरलाइन्सको जहाज कतारको दोहाका लागि उड्नेछन् । तर कुन देशबाट कति नेपाली स्वदेश फर्कदै छन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *