Main News

नेकपा स्थायी कमिटि बैठक आज, एमसीसीका विषयमा छलफल हुने

हिमालय टिभी
२०७७ असार १० गते ७:३०
नेकपा स्थायी कमिटि बैठक आज, एमसीसीका विषयमा छलफल हुने

१० असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ ।

करिब ६ महिनापछि बस्न लागेको बैठकमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल हुने नेकपाले जनाएको छ । पटक पटक विभिन्न बहानामा स्थगित हुँदै आएको बैठकमा सदस्यहरुले नेतृत्वसँग खुलेर सवाल जवाफ गर्ने योजना बनाएका छन् ।

यो बीचमा पार्टी र सरकारले खेलेको भूमिका, प्रधानमन्त्रीको विवास्पद क्रियाकलाप, संवैधानिक र दल सम्बन्धी अध्यादेश प्रकरण, नागरिकता विधेयकदेखि प्रधानमन्त्रीको राजीनामा समेत स्थायी कमिटी सदस्यहरुले माग्ने योजना बनाएका छन् । स्थायी किमटी सदस्यहरुले अहिलेकै अवस्थामा एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने अडान लिने तयारी गरेका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीमा प्रचण्ड समुहका १७, माधवकुमार नेपाल समुहका १३ र प्रधानमन्त्री केपी शर्मा ओली समुहको १४ जना छन् । अर्थात अहिलेकै अवस्थामा एमसीसी पास गर्न हुँदैन भन्ने प्रचण्ड नेपाल समुहको बहुमत छ ।

त्यसैले सचिवालयमा अल्पमतमा परेको ओ‌ली समुहले जसरी पनि निर्णय गर्नुपर्ने बाध्यतामा छ । प्रधानमन्त्रीलाई एक पद छोड्न दवाव दिने गरी पार्टीको विधान लागू गराउन दवाव दिने नेपाल पक्षको तयारी छ ।

एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजीको अंग भएको पुष्टी नभएकाले खुलेर पास गर्नुपर्ने पक्षमा लागेको ओली समुह अहिले केही मात्रमा लचक भएको छ । त्यसैले उसले स्थायी कमिटीमा केही तचकता देखाउने रणनीति अख्तियारी गरेको छ ।

तर एमसिसी संघीय संसदले अनुमोदन गर्ने अन्तिम मिति असार १६ गते भएको र संसद बैठक नै असार १७ गतेलाई बोलाइएकाले नेपालबाट एमसीसी अनुमोदन नहुने सम्भावना बढी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *