Main News
भारतीय सेनामा कार्यरत एक नेपालीको सीमा क्षेत्रमा गोली लागेर मृत्यु
२०७७ असार ९ गते १६:५१

९ असार, २०७७ काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको छ ।
जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल एलओसी नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका हवल्दार गुल्मीका दीपक कार्कीको मृत्यु भएको हो ।
पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा ३७ वर्षीय कार्कीको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन ।
गुल्मी छत्रकोटका कार्कीको आज गोरखपुरको राजघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया