Main News

विद्यालय सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयलाई सरकारको निर्देशन

हिमालय टिभी
२०७७ असार ९ गते ७:४६
विद्यालय सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयलाई सरकारको निर्देशन

९ असार, २०७७ काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति निकालेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराउनु भएको हो ।

आइतबार प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । निजी विद्यालयले शुल्क उठाउन गरेको सर्कुलरमा विद्यार्थी र अभिभावकले असन्तुष्टि जनाएका थिए ।

सरकारले असार १ गतेदेखि वैकल्पिक विधिका माध्यमबाट सिकाई क्रियाकलापका गतिवधि सञ्चालन गरेको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका २०७७ विपरित हुने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले जेठ १८ गते निर्देशिका जारी गरेको थियो । प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ । लकडाउनका कारण चैतदेखि शिक्षण संस्था बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *