Main News

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९३ पुग्यो

हिमालय टिभी
२०७७ असार ९ गते ७:४१
गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९३ पुग्यो

९ असार, २०७७ कास्की । गण्डकी प्रदेशमा पछिल्लो पटक ८ जिल्लामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

थपिएकामध्ये तनहुँमा सबैभन्दा धेरै १७ जना छन् । तनहुँको बन्दीपुरमा १०, आबुखैरेनी र भिमादमा तीन तीन र घिरिङमा एक जना संक्रमित भएका हुन् ।

गोरखा गणडकीमा ३, भिमसेन नगरपालिकामामा ५ तथा सहिद लखनमा ३ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाको अर्जुन चौपारीमा ६, कालिगण्डकीमा २ र वालिङ नगरपालिकामा एक जना संक्रमण देखिएको छ । बाग्लुङको ताराखोलामा ७ र निसिखोलामा २ जनमा संक्रमण देखिएको छ ।

लम्जुङको क्लोलासोथारमा १, मध्यनेपालमा २, दूधपोखरी र बेशिशहरमा एक जना थपिएका छन् । पर्वतको कुस्मा, नवलपुरको बौदिकालिका र कास्कीको पोखरा महानगरपालिकामा एक एक जना संक्रमित थपिएका निरर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ५ सय ९३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *