Main News

पाल्पामा पहिरोले तीन वटा गाडी बगायो, दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार ८ गते १८:१६
पाल्पामा पहिरोले तीन वटा गाडी बगायो, दुई जनाको मृत्यु

८ असार, २०७७, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले तीनवटा गाडी बगाउँदा दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन् ।

पाल्पा–गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको ३ वटा सवारी साधन (कार, ट्रक र मिनि ट्रक) पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोले गाडी बगाएको खबर प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक मदन गिरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेपछि पाल्पामा जहाँसुकै पहिरो र बाढीको जोखिम रहेको छ । यहाँ पनि तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । सोही स्थानमा माथिबाट पहिरो खस्दा गाडी बगाएको हो ।

लगातार परेको पानीका कारण यहाँ सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *