Main News
स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको लेखा समितिको गम्भीर आशंका
२०७७ असार ८ गते १७:२८

८ असार, २०७७ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्दा आर्थिक अनियमितता भएको गम्भीर आशंका गरेको छ ।
समितिले त्यसबारे अध्ययन पनि थालेको छ । समितिले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका पदाधिकारीलाई बोलाएर यसबारे जानकारी लिएको छ ।
आज बसेको समितिको बैठकमा सांसदहरुले स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको ठोकुवा गरे ।
सांसदहरुले आवश्यकताका नाममा अनियमितता गरिएको भन्दै स्वास्थ्य सामाग्री खरिद संझौताका लागि स्वास्थ्य मन्त्रीका सल्ल्लाहकारलाई वार्ता संयोजक बनाएकोमा पनि आशंका व्यक्त गरे ।
सांसदहरुले कोरोना कोषको रकममा पनि अनियमितता भएको आशंका व्यक्त गरेका छन ।
प्रतिक्रिया