Main News

कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै कांग्रेसद्वारा प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

हिमालय टिभी
२०७७ असार ८ गते १३:०६
कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै कांग्रेसद्वारा प्रदेश १ प्रदेशसभाको बैठक अवरुद्ध

८ असार, २०७७ विराटनगर । प्रदेश १ सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक आज अवरुद्ध गरेको छ ।

आज बैठक सुरु हुनासाथ कांग्रेस सांसदले आआफ्नो स्थानबाट उठेर विरोध गरेका छन् । कांग्रेसले कोरोना संक्रमण नियन्त्रण र परीक्षणमा भएको खर्चको हिसाव किताव समेत मागेको छ ।

कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणमा लापरवाही गरेको बताउनुभयो । उहाँले प्रदेश सरकार संघीय सरकारसँग लाचार बनेको आरोप पनि लगाउनुभयो ।

काठमाडौं आउनेलाई नाकाबाट फर्काउने गरिएको तर प्रदेश १ मा निर्वाध प्रवेश दिने गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र परीक्षणमा भएको खर्च विवरण समेत सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

यी विषयमा मुख्यमन्त्री शेरधन राइले सदनमा प्रस्ट नपारेसम्म बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *