Main News

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार ८ गते १२:३३
चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, २०७७ काठमाडौं । चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपारसी पूर्व बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

संक्रमण पुष्टि भएकामा गैंडाकोट नगरपालिका (१७ का २८ र ३५ वर्षीय दुई जना पुरुष रहेका छन्। त्यस्तै बुलिङटार गाउँपालिका वडा नम्वर ३, ४, ५ र ६ का १८ देखि ४५ वर्षका १४ जना पुरुष रहेका छन्।

यसै प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ती मध्ये माडीका चार पुरुष र भरतपुर महानगरका एक जना पुरुष रहेका छन्।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार भरतपुर अस्पतालबाट ३३, नवलपुरबाट ७३, चितवन मेडिकल कलेजबाट १३, पुरानो मेडिकल कलेजबाट २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट २३, भरतपुर महानगरपालिकाबाट ४२ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै नारायणी सामुदायिक अस्पतालबाट ३, माडी नगरपालिकाबाट १३, सेन्ट्रल अस्पतालबाट ४, इच्छाकामना गाउँपालिकाबाट १, राप्ती नगरपालिकाबाट १९ र खैरहनी नगरपालिकाबाट ५ वटा गरी २४९ वटा नमुना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *