Main News

पूर्वबाट शुरु भएको मनसुन देशभर सक्रिय भएसँगै अधिकांश स्थानमा वर्षा

हिमालय टिभी
२०७७ असार ८ गते १२:२२
पूर्वबाट शुरु भएको मनसुन देशभर सक्रिय भएसँगै अधिकांश स्थानमा वर्षा

८ असार, २०७७ काठमाडौं । पूर्वबाट शुरु भएको मनसुन देशभर सक्रिय भएसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मनसुनी गतिविधि देशभर नै सक्रिय भएको र अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी क्षेत्रबाट जुन १२ मा प्रवेश गरेको मनसुन सुदूरपश्चिमसम्म फैलिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

आइतबार बेलुकादेखि पश्चिमी वायुलाई पूर्वी मनसुनी वायुले धकेलेसँगै देशभर मनसुन सक्रिय भएको मौसमविद् अर्यालले जानकारी दिनुभयो । अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताउनुभयो ।

देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो । प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । वर्षासँगै विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *