नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर
७ असार, २०७७ काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता शालिकराम सापकोटा र नायक नवल खड्कासहित चार जनाले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
रिटमा नेपालले हालसम्म राज्यको सीमा सुरक्षा र संरक्षणसम्बन्धी कानून बनाउन नसकेकाले तत्काल कानून बनाएर यसै आर्थिक वर्षदेखि तारजाली लगाउन परमादेशको माग गरिएको छ ।
रिटमा नेपालले हालसम्म राज्यको सीमा सुरक्षा र संरक्षणसम्बन्धी कानून बनाउन नसकेकाले तत्काल कानून बनाएर यसै आर्थिक वर्षदेखि तारजाली लगाउन परमादेशको माग गरिएको छ ।
सीमा क्षेत्र सुरक्षा गर्न, फौजदारी अपराध पत्ता लगाउन र रोक्न, सीमा क्षेत्रमा रहेका व्यक्तिको जीवन, स्वास्थ्य, वातावरणको सुरक्षा र अवैध आप्रवासन रोक्न रिट दायर गर्नु परेको अधिवक्ता सापकोटाले जानकारी दिनुभयो ।
३८ पृष्ठ लामो रिटमा विभिन्न देशका सीमा सुरक्षा सम्बन्धमा बनेका विभिन्न कानुन, नेपालमा यसअघि भएका सीमा सुरक्षाका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका विषय पनि उल्लेख गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद, कानून मन्त्रालय,राष्ट्रिय सुरक्षा परिषद्, परराष्ट्र, गृह र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया