Main News

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो

हिमालय टिभी
२०७७ असार ७ गते १४:०५
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो

७ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउँसो १९ जना र बिहान १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दू शर्माले आज दिउँसो संक्रमण पुष्टि भएकामा स्याङजाका १० जना रहेको जानकारी दिनुभयो । स्याङजाको चापाकोट नगरपालिकामा ६ र गल्याङ नगरपालिकामा ४ जना छन् ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका र मादी गाउँपालिकामा १–१ जना, बाग्लुङको गल्कोट नगरपालिकामा ३ जना, बडिगाउँ गाउँपालिका र जैमिनी नगरपालिकामा १(१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका र नवलपरासी पूर्व गौडाकोट नगरपालिकामा १(१ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै भारतबाट फर्केका हुन् ।

यसअघि आज गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँका एक व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो। यस्तै म्याग्दीको रघुगंगामा ३ र मंगला गाउँपालिकाका एक जना संक्रमित भएका छन् ।

पर्वतको कुस्मा नगरपालिकाका २ र तनहुँको ऋषिङ गाउँपालिकाका १ पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *