युएईमा रहेका नेपाली लिएर आज तीन वटा विमान नेपाल आउँदै
७ असार, २०७७ काठमाडौं । युएईमा रहेका नेपालीलाई लिएर आज ३ वटा उडान हुँदैछन् । आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले उडान भर्न लागेका हुन् ।
हिमालय एयरलाइन्स आबुधावीबाट १ सय ५१ जना नेपाली लिएर उडिसकेको छ । विमानमा २ बच्चासहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।
स्वदेश फर्कने यात्रुको विदाईका लागि दुतावासका कर्मचारीहरु विमानस्थल पुगेका हाम्रा सहकर्मी रुपेश अधिकारीले जनाएका छन् ।
हिमालय एयरलाइन्सले आबुधाबीबाट पहिलो उडान भरेको हो । ३ वटा उडान अनुमति पाएको एयरलाइन्सले असार १० गते दोस्रो र ११ गते तेस्रो उडान भर्ने छ ।
आजै नेपाल एयरलाइन्सको दोस्रो उडान हुँदैछ । स्थानीय समय अनुसार बिहान ११ बजेपछि नेपाल एयरलाइन्सको वाइट बडीले उडान भर्ने एयरलाइन्सका युएई प्रमुख टिकाराम पंगेनीले जानकारी दिनुभयो । आज नै फ्लाइ दुवईले पहिलो उडान भर्दैछ ।
यसैबीच स्वदेश फर्कने सबै यात्रुको विमानस्थलमा कोरोना परिक्षण गराइएको छ । आरडीटी विधिबाट परिक्षण गराईकामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ देखिए पछि उनीहरु स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमा स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया