Main News
साउदी अरबबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगे
२०७७ असार ७ गते ८:४३

७ असार, २०७७ काठमाडौं । साउदी अरवको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २ सय ४७ जना नेपाली बिहान स्वदेश आइपुगेका हुन् ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुषहरु फर्किएका हुन् ।
समस्यामा परेका नेपालीको बिदाई गर्न राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफैं विमानस्थल पुग्नुभएको थियो । यस्तै आज कुवेत, कतार र मलेसियाबाट पनि नेपाली स्वदेश फर्कदै छन् ।
प्रतिक्रिया