Main News

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५०४ पुग्यो

हिमालय टिभी
२०७७ असार ७ गते ७:२५
गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५०४ पुग्यो

७ असार, २०७७ कास्की । आज गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुगेको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु शर्माले विज्ञप्ति मार्फत यसको पुष्टि गर्नु भएको हो ।

उहाँका अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँका एक व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो। बागलुङको गल्कोटमा ४, काठेखोलामा ३, ढोरपाटनमा १ र बागलुङ नगरपालिकाका १ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै म्याग्दीको रघुगंगामा ३ र मंगला गाउँपालिकाका एक जना संक्रमित भएका छन् ।

पर्वतको कुस्मा नगरपालिकाका २ र तनहुँको ऋषिङ गाउँपालिकाका १ पुरुषमा पनि संक्रमण देखिएको छ ।

जिल्लाका क्वारेन्टाइनहरुमा रहँदै आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

हिजो मुस्ताङमा पहिलो पटक संक्रमण देखिएसँगै नेपालका रसुवा र ओखलढुंगा बाहेक सबै जिल्लामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *