Main News

स्वास्थ्यमन्त्री ढकाल भन्छन्–स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता भएको छैन

हिमालय टिभी
२०७७ असार ६ गते १७:५३
स्वास्थ्यमन्त्री ढकाल भन्छन्–स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता भएको छैन

६ असार, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी गर्नु भएको छ ।

अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रक्रियामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यसअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रक्रिया विधिअनुसार नै भएको बताउनुभयो ।

कानून सबैलाई थाहा छ । पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रक्रियाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकी महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१—२१ दिन कुरेर विधि पुर्‍याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पुर्‍याइएको हो ।

उहाँले भन्नुभयो, ‘‘यसलाई धेरै दोहोर्‍याउनु परेन । कानून सबैलाई थाहा छ । पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रक्रियाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकी महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१—२१ दिन कुरेर विधि पुर्‍याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पुर्‍याइएको हो । तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन् । महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’’

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताउनुभयो । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो ।

अब दैनिक दश हजार परीक्षण
सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताउनुभो ।

जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’’ मन्त्री ढकालले प्रति प्रदेशबाट १ हजारका दरले र निजी क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *