Main News

‘नो बेसार, हन्ड्रेड पर्सेन्ट पीसीआर’ भन्दै युवाहरु सडकमै लम्पसार परेपछि….( भिडियो र फोटोफिचर)

हिमालय टिभी
२०७७ असार ६ गते १४:२१
‘नो बेसार, हन्ड्रेड पर्सेन्ट पीसीआर’ भन्दै युवाहरु सडकमै लम्पसार परेपछि….( भिडियो र फोटोफिचर)

६ असार, २०७७ काठमाडौं । स्वतस्फूर्त रूपमा सरकारको खबरदारी र विरोध गर्दै आएका युवाहरूले आज काठमाडौंको शहिदगेट क्षेत्रमा प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्यशैलीको विरोध गर्दै फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । समाजिक सञ्जालको मार्फत भेला भएका युवाहरूले ‘नो बेसार, हन्ड्रेड पर्सेन्ट पीसीआर, गफ होइन, सरकार काम गर भन्ने प्ले कार्ड बोकेका थिए ।

उनीहरु हाम्रो स्वस्थ्य नारा, तिम्रो भ्रष्ट पारा, दाउ फरक छ लगायतका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । आफूहरुको माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली पटक पटक अदुवा बेसार खाएर कोरोना निको हुने दावी गर्दै आउनु भएको छ । कुनै पनि वैज्ञानिक अध्ययन नभएको र अध्ययन अनुसन्धानबाट पुष्टि नभएको भ्रामक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुने गरेको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सरकारले काम गर्न नसकेको र गलत जानकारी दिएर नागरिकलाई भ्रममा पार्ने काम गरेको आरोप ओलीमाथि लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *