Main News

दक्षिण कोरियामा समस्यामा परेका २ सय २८ नेपाली नेपाल आइपुगे

हिमालय टिभी
२०७७ असार ६ गते १२:४६
दक्षिण कोरियामा समस्यामा परेका २ सय २८ नेपाली नेपाल आइपुगे

६ असार, २०७७ काठमाडौं । भिसा अवधि सकिएर दक्षिण कोरियामा रोकिएका २ सय २८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपाली कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन् ।

कोरियन एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएकाहरु आफ्नै खर्चमा आएका हुन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको कोरियाका लागि नेपाली दूतावासले जनाएको छ । आज फर्केकामध्ये ३६ जना गर्भवती छन् ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । आजै यो जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् ।

कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिनुभयो । आजै ४ वटा विमानमा मलेसिया, कतार, साइप्रस र बंगलादेशबाट पनि नेपाली स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *