Main News

विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन आज पाँच उडान हुँदै

हिमालय टिभी
२०७७ असार ६ गते ८:५८
विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन आज पाँच उडान हुँदै

६ असार, २०७७ काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज ५ वटा उडान हुने भएका छन् ।

आज मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट नेपालीहरु स्वदेश फर्काउन लागिएको हो ।

साइप्रस, मलेसिया र कतारबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपाली ल्याउनेछ ।

यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २ सय २६ जना नेपाली स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीका अनुसार अवैधानिक बसोबास गरेका, बन्दी जीवन बिताइरहेका, बिरामी तथा गर्भवतीलाई प्राथमिकतामा राखिएको छ ।

जसमध्ये ३६ गर्भवती महिला छन् । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *