Main News

गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो

हिमालय टिभी
२०७७ असार ६ गते ७:२४
गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो

६ असार, २०७७, कास्की । गण्डकी प्रदेशका ७ जिल्लामा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकीमा संक्रमित हुनेको संख्या ४ सय ३८ पुगेको छ ।

आज तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखा्मा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङजामा एक एक जनामा संक्रमण देखिएको हो ।

आज तनहुको ऋषिङ गाउँपालिकामा सबैभन्दा धेरै २१ जना तथा व्यास नगरपालिका र शुक्ला गण्डकीमा दुई दुई जना संक्रमित भएका छन् । नवलपुरको बुलिङटारमा ११, मध्यविन्दुमा २ तथा बौदिकालिका, विनय त्रिवेणी र देवचुलीमा एक एक जना थपिएका छन् ।

बाग्लुङको काठेखोलामा ७, गोरखाको भिमसेन नगरपालिकामा ५, कास्कीको मादीमा २, म्याग्दीको मालिकामा १ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनीहरु सबैलाई सम्बन्धित गाउँपालिकाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जनाउनु भएको छ ।

हिजो नेपालमा ४ सय २६ जना नयाँ संक्रमित देखिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ३२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *