Main News

विदेशी बुहारीलाई अंगीकृत नागरिकताः दलहरुको स्वार्थ केमा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ५ गते २०:०३
विदेशी बुहारीलाई अंगीकृत नागरिकताः दलहरुको स्वार्थ केमा ? (भिडियोसहित)

५ असार, २०७७ काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतका हकमा ७ वर्षे समयसीमाको प्रस्ताव ल्याएपछि नागरिकता सम्वन्धि व्यवस्थमा दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले २०६३ कै ऐन बमोजिम प्रावधान राखिनुपर्ने अडान राखेका छन् । सहमतिको बाटो खोज्न सरकारले ५ दिनको समय मागेको छ । तर सहमति जुटाउन सरकारलाई निक्कै हम्मे पर्ने देखिएको छ ।

वैवाहिक अंगीकृतको हकमा संसदीय समितिले ल्याएको ७ वर्षे समयबन्धिमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टीलगायतले यसअघिकै ऐन अनुसार अघि बढ्नु पर्ने अडान राखिरहेका छन् । र यसमा उनीहरुको प्रष्ट मत छ संविधानविपरीतका प्रावधानले विवाद निम्त्याउँछ ।

कांग्रेस लगायतका दलहरुको यही अडानकै कारण नागरिकता विधेयक अनिर्णित बनेको सरकार पक्षको भनाइ छ । तर कांग्रेस नेता भने आफुहरुका माग संविधान बमोजिम नै रहेको भन्दै सहमति नहुनुमा सरकारलाई नै कारक ठान्छन् ।

राष्ट्रिय जनता पार्टीले पनि वैवाहिक अंगीकृतका हकमा पूरानै व्यवस्था हुनुपर्ने अडान राखेको छ ।

राजपा जस्तै समाजवादीको पनि त्यही माग छ । तर पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई भने समय सीमा तोकेर नागरिकता दिए हुन्छ भन्नुहुन्छ । र यसो गर्दा विदेशी बुहारी र विदेशी ज्वाईँलाई समान व्यवहार गर्नुपर्ने उहाँको तर्क छ ।

तर संविधान मै नभएको विदेशी ज्वाईँलाई नागरिता दिने कुरामा भने सत्तारुढ दलभित्रै मतभेद छ । र यो कुरालाई समितिले प्रतिवेदनमा समेटेको भएपनि पास गर्न बाध्यकारी छैन । तर विदेशी बुहारीका हकमा गुजल्टिएको गाँठो भने फुकाउन सकस परेको छ ।

त्यसैका लागि बिहीबार पनि सत्तारुढ नेकपा र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भयो । तर कुनै सहमति बनेन । पछिल्लो समय सीमा विवादले निकै पेचिलो बनेको राष्ट्रियताको विषयले नागरिकताको छलफलमा पनि असर गरेको छ । यस्तोमा सहमतिको मिलनबिन्दु पहिल्याउने काम झन पेचिलो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *