गण्डकी प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३८० पुग्यो

५ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज दुई पटक विज्ञप्ति निकालेर एकपटक २४ र अर्कोपटक ३२ जना नयाँ संक्रमित पहिचान भएको जनाएको हो ।
आज सबैभन्दा बढी बागलुङमा २४ जना संक्रमित भेटिएका छन् । यस्तै तनहुँमा १७, कास्कीमा ६, पर्वतमा पाँच तथा स्याङ्जा र पूर्वी नवलपरासीमा २(२ जना संक्रमित थपिएका छन् ।
बागलुङको गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा ६(६ जना, बाग्लुङ नगरपालिकामा ५ जना, ढोरपाटन नगरपालिकामा ४ जनामा संक्रमण देखिएको छ । तनहुँको घिरिङ नगरपालिकामा मात्रै १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।
पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पोखरा महानगरपालिकामा ५ जना संक्रमित भेटिएका छन् । नयाँ थपिएका अधिकांश संक्रमित भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु रहेको बताइएको छ ।
प्रतिक्रिया