Main News
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४८ पुग्यो
२०७७ असार ५ गते ७:५६

५ असार, २०७७ कास्की । आज गण्डकी प्रदेशका ४ जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।
आज बाग्लुङमा १४, कास्कीमा ६, नवलपुर र स्याङ्जामा दुई दुई जनामा संक्रमण देखिएको हो । बाग्लुङको गल्कोटमा ८ र काठेखोलामा ६ जना संक्रमित भएका छन् ।
पोखरा महानगरपालिकामा ५ र रुपागाउँपालिकामा एक, नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा २ तथा स्याङ्जाको कालिगण्डकीमा २ जनामा संक्रमण देखिएको हो ।
उनीहरु सबै जना भारतबाट फर्किएका भएको र सबै सम्बन्धित जिल्लाको क्वारिन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
हिजो नेपालमा एकै दिन ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ७२ पुगेको छ।
प्रतिक्रिया