Main News

बाहिरबाट लुकिछिपी र शक्तिका आडमा आउनेले बढाए उपत्यकामा कोरोनाको जोखिम

हिमालय टिभी
२०७७ असार ५ गते ७:५३
बाहिरबाट लुकिछिपी र शक्तिका आडमा आउनेले बढाए उपत्यकामा कोरोनाको जोखिम

५ असार, २०७७ काठमाडौं । बाहिरबाट लुकिछिपी र शक्तिका आडमा मानिस प्रवेश गरेका कारण काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।

उपत्यकामा हिजो मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपनका ४५ वर्षिय पुरुष र तीनकुनेकी ३४ वर्षिया महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका–१६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ ।

उपत्यकामा देखिएका छ सङ्क्रमितमध्ये चार जनालाई पाटन अस्पताल र दुई जनालाई टेकु अस्पताल लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *