Main News
राष्ट्रियसभामा आज बजेटसँग सम्बन्धित तीन वटा विधेयक पेश हुँदै
२०७७ असार ५ गते ७:४९
५ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा विनियोजनसहित बजेटसँग सम्बन्धित तीन विधेयक निर्णयार्थ पेश हुँदैछ ।
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत चौबीसौँ संशोधन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट पास हुने छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
प्रतिक्रिया