Main News

अछाममा एकै दिन २९ कपिलवस्तुमा १६ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार ४ गते १५:३७
अछाममा एकै दिन २९ कपिलवस्तुमा १६ जनामा कोरोना संक्रमण पुष्टि

४ असार, २०७७, काठमाडौं । अछाममा आज एकैदिन २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरु मध्ये २३ जना मेल्लेख र ६ जना साँफेबगरका हुन् ।

दुई वर्षकी बालिकामा पनि संक्रमण पुष्टी भएको छ । भारतबाट आएर क्वारन्टिनमा बसीरहेका मेल्लेख गाउँपालिका वडा नम्बर ४ का २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देबराज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै संक्रमण पुष्टी भएका साँफेबगर नगरपालिकाको वडा नम्बर ११ देबीस्थानका ६ जना पनि भारतबाट फर्किएर क्वारन्टिनमा बसेका हुन् । गएको जेठ २८ गते स्वाब संकलन गरी पठाइएकोमा टेकु अस्पताल काठमान्डौंले आज मात्र उनीहरुको रिर्पोट दिएको हो ।

त्यसैगरी कपिलवस्तुमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कपिलवस्तुमा संक्रमितको संख्या छ सय ७३ पुगेको छ ।

मायादेवी गाउँपालिकाका ८, शिवराज नगरपालिकाका ७ र वाणगंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वाड न २ बर्ष ३४ का १ पुरुष हुनुहुन्छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको स्वास्थ कार्यालय, कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *