Political Hightlights

महाकाली सन्धीमा भएको गल्ती सच्याउन प्रधानमन्त्रीलाई आफ्नै पार्टी प्रवक्ताको सुझाव

हिमालय टिभी
२०७७ असार ४ गते १५:२२
महाकाली सन्धीमा भएको गल्ती सच्याउन प्रधानमन्त्रीलाई आफ्नै पार्टी प्रवक्ताको सुझाव

४ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली सन्धिमा भएको गल्ती सचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।

राष्टिय सभा बैठकमा बोल्दै श्रेष्ठले नामै नलिई विगतमा गएका कमजोरी सच्याउनु ठीक हुने बताउनुभयो । तर अहिले नै त्यो विषयलाई भारतसँगको सीमा विवादमा निर्णायक बनाएर लैजान नहुने श्रेष्ठको मत छ । समाजवादीकी प्रमिला कुमारीले महाकाली सन्धिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।

आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अरु पार्टीका नेताहरुले सीमा अतिक्रमणका विषयमा पूर्व राजा महेन्द्रलाई मुछेकोमा पनि श्रेष्ठले आपत्ति जनाउनुभयो । सुगौली सन्धिपछि नेपालको कुनै पनि शासकले भारतलाई आफ्नो जमिन नदिएको उहाँले बताउनुभयो ।

जेठ ३१ गते प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रले फिर्ता ल्याउन थालेको बताउनुभएको थियो भने समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सन् १९५० को सन्धिका कतिपय प्रावधानले अफ्ठेरो पारेको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्