Main News

नेपालमा कोरोनाका कारण तीन जनाको मात्र मृत्यु भएको प्रधानमन्त्री ओलीको दाबी

हिमालय टिभी
२०७७ असार ४ गते १५:१३
नेपालमा कोरोनाका कारण तीन जनाको मात्र मृत्यु भएको प्रधानमन्त्री ओलीको दाबी

४ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाका कारण ३ जनाको मात्रै मृत्यु भएको हुन सक्ने दाबी गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले हिजो नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यो वास्तविक संख्या नभएको दावी गर्नुभयो ।

दुई, तीन केस बाहेक अन्य बिमारीको कारणले मृत्यु भएको प्रधानमन्त्रीको तर्क छ । कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको र त्यो उपचार विधि र प्रतिरोध क्षमताको कारणनै भएको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो ।

नेपालमा प्रति १० लाखमा ० दशमलव ७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताउनुभयो ।

पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण बढेको र परीक्षण बढाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको प्रधानमन्त्रीको भनाई छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *